निजगढका एक ब्यक्ती अमलेखगञ्जमा अर्धचेत अवस्थामा फेला

रातोघर

 २०७६ चैत्र ७, शुक्रबार  मा प्रकाशित
३१६ पाठक संख्या


 

सिमरा : त्रिभुवन राजपथ अन्तर्गत बाराको आधाभारस्थित सडक खण्डमा एक ब्यक्ती घाईते अवस्थामा फेला परेका छन् ।

निजगढ घर बताउने अन्दाजी ३८ वर्षका सन्तोष काफ्लेलाई सडक छेउमा अर्धचेत अवस्थामा फेला पारि प्रहरीले उद्धार गरेको छ ।

हाल उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखजञ्जको टोलीले गस्तीका क्रममा उनलाई शुक्रबार बिहान २ बजे सडक छेउमा अर्धचेत अवस्थामा फेला पारेको थियो ।

घाईते काफ्लेको दायाँ खुट्टाको हड्डी भाँचिएको र शरिरका बिभिन्न भागमा चोटपकट देखिएको छ । उनलाई कुटपिटपछी अचेत अवस्थामा फ्यालिएको हुनसक्ने आशंका प्रहरीको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban