डढेलो नियन्त्रणमा बन कार्यालय बारा सकृय

रातोघर

 २०७६ चैत्र ७, शुक्रबार  मा प्रकाशित
५३६ पाठक संख्या


 

सिमरा : सुख्खायाम सुरु भएसँगै बाराका राष्ट्रिय वन, साझेदारी र सामुदायीक वन तथा निकुञ्ज क्षेत्रमा डढेलोको जोखिम समेत बढ्न थालेको छ ।

डढेलोबाट वर्षेनी हुने वातावरण बिनासलाई मध्येनजर गर्दै यसवर्ष प्रकोप सुरु हुनुपुर्व नै तयारी तिब्र पारिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

‘डढलो नियन्त्रण र सचेतनाका सवालमा अघिल्ला वर्षहरुका योजनालाई निरन्तरता दिँदै यसवर्ष केहि अगाडीदेखी नै हामी लागिरहेका छौँ ।’ भिभिजन वन कार्यालय प्रमुख मंजुर अहमदले भने ।

कार्यालय मातहतका सव–डिभिजन, सो मातहतका बिभिन्न पोष्टहरु, साझेदारी र सामुदायीक वन कार्यालयहरुलाई पत्राचार गरी सतर्क रहन आग्रह गरिएको भन्दै कार्यालय प्रमुख अहमदले भने, ‘उहाँहरुलाई आफ्ना तयारी पुरा गर्न भनिसकेका छौँ ।’

पहिलो चरणमा काठ घाटगद्यी जस्ता अति सम्बेदनशिल स्थान वरपर सरसफाई गरी आगलागी हुनेजस्ता पातपतिङ्गर हटाउने काम सुरु भइसकेको उनले बताए ।

दोस्रो चरणमा सामुदायीक, साझेदारी बन र दिगो तथा बैज्ञानिक वन क्षेत्र भएका प्लट वरपर अग्नि नियन्त्रण रेखा निर्माण गरी पुर्व सावधानीका काम थालिएको अहमदले बताए ।

सकभर डढेलो लाग्नै नदिन बिभिन्न माध्यमबाट सचेतना अभियान सञ्चालन गरिएको भन्दै उनले आगलागी भएपश्चात नियन्त्रणका लागि पानि ट्यांकि सहितका ट्राक्टरहरुलाई तयारी अवस्थामा राखिएको बताए । साथै डढेलो हेरालु (फायर वाचर) नियुक्त गरी आगलागिलाई फेलिन नदिइ समयमै नियन्त्रण गर्नेगरी योजना बनाईएको उनले सुनाए ।

वर्षेनी हुने डढेलो प्रकोपले जंगलमा घाटगद्यी गरी राखिएका करोडौ मुल्य बराबरका काठ जलेर नष्ट हुनेगरेका छन् । जसका कारण बर्षेनी वातावरणीय नोक्सानीका साथै आर्थिक रुपमा समेत क्षती हुने गरेको छ ।

डढेलोकै कारण वन क्षेत्र वरपरका बस्तीमा समेत त्रासको वातावरण सृजना हुनेगरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban