बारामा जगदम्बाद्वारा १५ हजार माक्स र २ सय लिटर सेनेटराइज वितरण

रातोघर

 २०७६ चैत्र ७, शुक्रबार  मा प्रकाशित
४६७ पाठक संख्या


सिमरा
जगदम्बा स्टिल प्रा.लि.ले कोरोना भाईरस नियन्त्रणका लागि बाराको जितपुरसिमरा उपमहानगर भित्र १५ हजार माक्स र २ सय लिटर सेनेटराईज वितरण गरको छ । जगदम्बा स्टिल प्रा.लि.ले शुक्रवार सिमरा विमानस्थल, इलाका प्रशासन कार्यालय सिमरा, ईलाका प्रहरी कार्यालय सिमरा, सर्वसाधारणको बढि चहलपहल हुने सिमरा चोक सहित जितपुरसिमरा वडा नं १,२ र ३ मा माक्स सहित सेनेटराईन बितरण गरेको हो ।

जगदम्बाम स्टिल प्रा.लिका निर्देशक पवनबाबु गुप्ताले पहिलो चरणमा १५ हजार माक्स र २ सय लिटर सेनेटराईज वितरण गरिए पनि आवश्यक भएमा अगामी दिनमा थप सहयोग गर्ने जनाए । ‘पहिलो चरणमा आज हामीले यति माक्स र सेनेटराईज वितरण गर्योै, आवश्यक भएमा अगामी दिनमा फेरि थप सहयोग गर्छौ’ निर्देशक गुप्ता भने ।

नगरक्षेत्र भित्र मक्स र सेनेटराईज वितरण कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी,जगदम्बा स्टिल प्रा.लिका निर्देशक पवनबाबु गुप्ता, जितपुरसिमरा वडा नं २ का वडाध्यक्ष तिलक श्रेष्ठ, वडा नं १ का वडा सदस्य रामचन्द्र लामा, जगदम्बा स्टिल प्रा.लिका कुमुद ढकाल,जगदम्बा स्टिल प्रालि मजदुर युनियनका सचिव दिपक कार्की लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं.७ को कार्यालयले पनी वडाको बजेटबाट ४ हजार थान माक्स वितरण गरेको छ । वडाबासीलाई राहात तथा चेतना फैलाउने उदेश्यले माक्स वितरण गरिएको वडाअध्यक्ष रामबाबु गुप्ताले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban