रहेनन् सिमराका युवा समाजसेवी मैनाली

रातोघर

 २०७६ चैत्र ८, शनिबार  मा प्रकाशित
६८१ पाठक संख्या


शनिबार/ बारा जीतपुरसिमरा–१ बस्ने दिब्यश्वर मैनाली सिमरा स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको छ । घरको भ¥याङ्ग माथि रहेको रडमा डोरीबाट पासो लागि रहेको अवस्थामा प्रहरीले मैनालीको मृत शव झिकेको हो ।
स्थानियले खबर गरेपछि ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डि.एस.पि. गोविन्द पुरी सहितको टोलि घटना स्थल पुगेको थियो । मैनालीको शवलाई पोष्टमार्टम् गर्न लाने तयारीभैं रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्ने बिषयमा अनुसन्धानभैं रहेको प्रहरीले जनाएको छ ।
दिवङगत आत्माको चिरशान्तिको कामना गर्दै यो दुःखद् घडिमा शोकसन्तप्त परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलुन् हार्दिक सम्वेदना ।

रातोघर डट कम

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban