जीतपुरसिमरा ‘लक डाउन’ को तयारीमा , ५० लाखको बिपत ब्यवस्थापन कोष

रातोघर

 २०७६ चैत्र १०, सोमबार  मा प्रकाशित
२३८ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको आकस्मिक बैठक केहीबेरअघि सम्पन्न भएको छ ।

बैठकले चैत्र २१ गतेसम्मलाई उपमहानगरपालिकालाई लक डाउन गर्ने निर्णय गरेको छ । त्यसका साथै सिमरामा स्थापना गर्न लागेको १०० सैयाको कोरोना अस्थायी अस्पतालका लागि ५० लाख रुपैयाँको विपत व्यवस्थापन कोष खडा गर्ने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन नगरवासीलाई आह्वान गर्नुका साथै सचेतनामुलक कार्यक्रम जारी राख्ने निर्णय गरेको हो । बैठक नगरप्रमुख कृष्ण पौडेलको अध्यक्षतामा बसेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban