

सरकारको निर्देशन पालना गर्न बाराको अमलेखगञ्जमा मध्यरातसम्म पनि सचेतना अभियान सञ्चालन गरिएको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण देखिन थालेपछि सरकारको निर्देशन पालना गर्न अमलेखगञ्जमा सचेतना अभियान सञ्चालन गरिएको हो ।
अभियान स्वरुप वडा नम्बर २१, २२ को कार्यालय र ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले संयुक्त रुपमा केहिबेर अघिसम्म पनि सचेतना सामग्री प्रस्तुत गरेको थियो । वडा सचिव बालाराम खड्काको नेतृत्वमा वडा नम्बर २१ र २२ को बिभिन्न स्थानमा भोलिबाट लागु हुने लक डाउन प्रणालीको बिषयमा सचेतना प्रस्तुत गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जसंगको सहकार्यमा जनचेतनामुलक सामग्री प्रस्तुत गरिएको वडा सचिव खड्काले जानकारी दिनुभयो । सो क्रममा अमलेखगञ्ज प्रहरी प्रमुख टिकाराज बरालको बिशेष सक्रियतामा सञ्चालन गरिएको अभियानमा भोलिबाट लागु हुने लक डाउन प्रणालीबारे जानकारी गराईएको थियो ।





Write your Comment