

: बारामा लकडाउन उल्लंघन गर्ने १३ जना पक्राउ परेका छन् ।
निषेधाज्ञा आदेशलाई पालना गराउने सिलसिलामा आदेश अवज्ञा गरेको पाईएपछी पक्राउ गरिएको प्रहरी प्रबक्ता मिश्रले बताउनुभयो ।
उनिहरुलाई संक्रमण रोग २०२० अनुसार कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय बारामा बुझाईएको उहाँले बताउनुभयो ।
त्यसैगरी लकडाउन उल्लंघन गरी चलाईएका एक सय १९ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।
कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको घोषणालाई अवज्ञा गर्दै अनावश्यक रुपमा चलाईएका एक सय १६ मोटरसाईकल, अटो १, ट्रयाक्टर १ र एउटा सेन्ट्रो गाडी नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।





Write your Comment