

रौतहट ।
लकडाउनका समयमा रौतहटमा दुईजना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यसप्रकारको घटना सार्वजनिक भएको हो ।
रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर नगरपालिकाकी आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।
फतुवामा स्थानीय १८ वर्षीय नवल पासवानले छिमेककी ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
शनिबार राती घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गइरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर पासवानले नजिकैको गल्लीमा लगेर बलात्कार गरेको बताइएको छ । पीडा सहन नसकेर बालिका रूने र चिच्याउने गरेपछि घटनाबारे थाहा पाएका स्थानीयले पासवानलाई समातेर प्रहरीमा खबर गरेका थिए ।





Write your Comment