जीतपुरसिमरा २ मा राहत वितरणको तयारी, पहिलो चरणमा परे ३ सय परिवार

रातोघर

 २०७६ चैत्र २०, बिहिबार  मा प्रकाशित
२६६ पाठक संख्या


सिमरा ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेसंगै देशका ज्यालामजदुरी गर्ने परिवारलाई आफ्नो स्वास्थ्यको भन्दा छाक टार्न चिन्ता बढेपछी जीतपुरसिमरा २ ले राहत बितरणको तयारी थालेको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार प्रत्येक स्थानिय तहहरुले आफु मातहतका वडा कार्यालयहरुबाट राहतमा प्रभावकारीता ल्याउन एक द्धवार प्रणाली अपनाउने भएको छ ।

सोही अनुसार वडा नम्बर दुईले बिहिवार बैठक बसी प्रारम्भिक चरणमा बितरण गर्नुपर्ने परिवार छनौट गरेको हो । वडाले टोल बिकास समिती मार्फत घर बिवरण संकलन गरेको हो ।

पहिलो चरणमा वडाले अति बिपन्न र ज्यालादारीमा गुजारा गर्ने परिवारलाई लक्षित गरी बितरणको तयारी थालेको हो ।

यस तयारी अनुसार वडाका कोही पनी भोकै बस्नु नपरोस भन्ने सोच अनुसार पहिलो चरणमा ३ सय घरपरिवारलाई राहत सामग्री बितरण गरिने वडाका अध्यक्ष तिलक बहादुर श्रेष्ठले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban