

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार गरिएको र्यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।
उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।
त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
तर र्यापिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ आएकाले उनलाई यसअघि कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
उनकाअनुसार सनसिटीमा बसोबास गर्ने २९८ जनाको बुधबार नै र्यापिड टेष्ट गरिएको छ र उनीहरु सबैको नजिता नेगेटिभ आएको छ । संक्रमित परिवारमा काम गर्नेहरुको भो पीसीआर विधिबाट पनि परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
-onlinekhabar.com





Write your Comment