कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

रातोघर

 २०७७ बैशाख ६, शनिबार  मा प्रकाशित
३०४ पाठक संख्या


काठमाडौं ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार छुट्टै माहोल बन्यो । कारण– कोरोना भाइरस संक्रमित प्रसिद्धी श्रेष्ठको डिस्चार्च ।

उनी २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ‘डाक्टरहरुलाई धन्यवाद,’ डिस्चार्जपछि उनले भनिन्, ‘मेरो उपचारमा साथ र सहयोग गर्नुभयो । यहाँ बस्दा राम्रो र सहज भयो ।’

कोरोना बिरामीको उपचारमा सहयोग गर्नेसमेत उनले बताएकी छिन् । ‘अब कोरोना बिरामीको उपचारको लागि सहयोग गर्ने छु,’ उनले भनिन्, ‘मेरो रगत कोरोना बिरामीलाई काम लाग्ने भए दिन तयार छु ।’

शनिबारको परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज अस्पताललका प्रवक्ता डा.अनुप बास्तोलाले बताए ।

उनलाई डिस्चार्ज गरेको हो । उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । संक्रमण देखिएपछि गत १० चैतमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban