बारामा असिानपानीले ४५ करोडको फलफुल क्षति (भिडियो)

प्रकाश लम्साल

 २०७७ बैशाख १०, बुधबार  मा प्रकाशित
५५० पाठक संख्या


बारा ।

केहि समय यता आएको हाबाहुरी र असिनाले बारामा करीब ४५ करोडको फलफल क्षती गरेको छ ।

सबै भन्दा बढि केरा खेतीको पकेट क्षेत्र निजगढमा केरा र जिल्लाका अन्य क्षेत्रमा, आप, खरभुजा लगाएतका फलफुल नष्ट भएको हो
कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा एकाइस सय ९५ हेक्टरमा लगाईएको फलफुल खेती मध्ये बढि केरा नै क्षती भएको प्रारभ्भिक तथ्यांक सार्बजानीक गरेको छ ।

प्रती बिगाह ढेड लाख लगानी रहने केरा खेती निजगढमा मात्रै ११ सय बढि बिगाहमा करीब पच्चिस करोड लगानी भएको र ४० करोड बढि क्षती भएको अनुमान रहेको छ ।

बारा केरा तथा फलफुल व्यवसाय संघ अध्यक्ष एक बहादुर श्रोष्ठले जिल्लामा करिब ११ सय बिगाहामा केरा खेती हुने गरेको बारा केरा तथा फलफुल व्यवसाय संघका अध्यक्ष एक बहादुर श्रेष्ठले बताए । जिल्लामा रहेका ७५ प्रतिशत केरा खेती पुर्ण रुपले नष्ट भएको छ जसको अनुमानित करिब ४० करोड २० लाख बराबरको क्षती भएको उनले बताए ।

साहु र बितीय संस्थाको लगानीमा केरा लगाएतका फलफुल खेती गरेका किसानहरु फलफुल खेती असिना र हुरीले सोतर बनाए पछि ऋण र ब्याज थपीने र अरु तिन बर्ष खेती गरे पछि मात्रै ऋण मुक्त हुने बताउछन ।

ढेडलाख खर्च प्रती बिगाहमा लगानी लाग्ने र बार्षीक तिन देखी ४ लाख को केरा उत्पादन हुने गरेको छ ।

बिदेशी गएका युबाहरुले संचालन गरेको पौरखी गु्रप नेपालले सिमरा ४ मा ७ बिगाहमा लगाएको ४० लाखको ५ प्रकारका तररबुजा असिनाले नष्ट गरेको छ सोही बडामा किसानहरुको आप, लिच्चि लगाएतका फलफुल सबै नष्ट भएको छ ।

ग्रुपका सदस्य हरीबाबु कैनिले ६ बिगाह जग्गा भाडामा लिई ९ प्रकारका लगाएको खरभुजा सबै नष्ट भएको बताए ।

बारामा बाझो जमिन बिदेश बाट आएका युबाहरुले भाडामा लिदै ब्याबसायीक फलफुल खेती गर्ने क्रम पछिल्लो समय ब्यापक बन्दै गर्दा गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर फलफुल खेती पूरै बर्बाद भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ ।

खरबुजा खेतीबारेको युटुब भिडियो हेर्नुहोस ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban