कोरोना कहरः अमेरिकामा मृतकको संख्या ५० हजार आसपास, ८ लाख ८० हजार बढी संक्रमित

रातोघर

 २०७७ बैशाख १२, शुक्रबार  मा प्रकाशित
२९८ पाठक संख्या


काठमाडौं ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ८० हजार नाघेको छ ।

२४ घण्टामा ३१ हजार ४ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या ८ लाख ८० हजार नाघेको हो ।

त्यस्तै, अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४५ पुगेको छ । बितेको २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३ सय २५ जनाले ज्यान गुमाएका छन् ।

तीव्र गतिमा संक्रमण र मृत्युदर फैलिरहेको त्यहाँ हालसम्म ८५ हजार संक्रमित निको हुँदा ७ लाख ४४ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४ हजार ९ सयको अवस्था गम्भीर रहेको वर्ल्डोमीटरले जनाएको छ ।

अमेरिकामा सबैभन्दा बढी न्यूयोर्क राज्य कोरोनाबाट आक्रान्त छ । त्यहाँ संक्रमितको संख्या २ लाख ६८ हजार नाघ्दा २० हजार ८ सयले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, न्यू जर्सीमा १ लाख, म्यासाचुसेट्समा ४६ हजार, क्यालिफोर्नियामा ३९ हजार, पेन्सिलभेनियामा ३७ हजार, इलिेनाइसमा ३६ हजार, मिशिगनमा ३५ हजार, फ्लोरिडामा साढे २९ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् ।

वर्ल्डोमीटरका अनुसार शुक्रबार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख १८ हजार नाघेको छ । जसमध्ये ७ लाख ४५ हजार ५ सय व्यक्ति उपचारपछि निको हुँदा १ लाख ९० हजार ६ सयले भने ज्यान गुमाएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै संक्रमितको संख्या ४८ पुगेको हो । हालसम्म १० जना व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु भएको पुष्टि भइसकेको छैन ।

-Shilapatra

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban