

काठमाडौं ।
१ महिनादेखि जारी लकडाउनबारे थप निर्णय लिने आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
जारी लकडाउनलाई निरन्तरता दिँदै कोरोना भाइरसको प्रभाव नभएका क्षेत्रमा लकडाउन खुकुलो पार्न सकिनेगरी उच्चस्तरीय समितिले दिएको सिफारिसका आधारमा आजको बैठकले निर्णय गर्ने बताइएको छ ।
सरकारले पछिल्लो पटक थपेको १२ दिने लकडाउन भोलि सकिँदै छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा १ साता थप्न सुझाव दिइसकेको छ । स्वास्थ्य मन्त्रालयले समेत १ साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो ।
सरकारले पहिलो पटक ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक १ हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै ३ वैशाखसम्म लम्बाइएको लकडाउन पुनः बढाएर भोलिसम्म कायम हुने भएको हो ।
-Shilapatra





Write your Comment