झापाका थप एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) ,संक्रमितको संख्या ५२ पुग्यो ।

रातोघर

 २०७७ बैशाख १४, आईतबार  मा प्रकाशित
३२८ पाठक संख्या


झापा ।

झापाका थप एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएकाे छ । अाइतबार विराटनगरस्थित काेशी अस्पतालमा भएकाे परीक्षणमा ५० वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । यीमध्ये १६ जना निकाे भएर घर फर्किइसकेका छन् ।

यसअघि झापा दमककै ६२ वर्षीय पुरूषमा काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे थियाे ।


-Shilapatra

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban