आजदेखि लकडाउनमा थप कडाइ गरिँदै

रातोघर

 २०७७ बैशाख १६, मंगलबार  मा प्रकाशित
३१३ पाठक संख्या


काठमाडौं। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आजबाट लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

सोमबार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ भने सडमाका हिँडेका र गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ।

प्रहरीले अनावश्यक घर बाहिर ननिस्किन समेत आग्रह गर्दै आएको छ ।

प्रहरीले दैनिक साढे ३ सयभन्दा बढी सवारीलाई नियन्त्रणमा लिने गरेको छ । अहिले उपत्यकाभित्र ११ सय ट्राफिक प्रहरी कार्यारत छन्।

उनीहरुलाई चार सिफ्ट गरेर चौबिसै घण्टा ड्युटीमा खटाइएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ।

सरकारले गत चैत ११ गतेदिख शुरु गरेको लकडाउनको समयावधि वैशाख २५ गतेसम्मका लागि लम्ब्याइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban