

काठमाडौं ।
बल्लतल्ल बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सरप्राइज दिएपछि नेताहरु अन्योलमा परेका छन् । पार्टी विधान परिवर्तन गरेर पार्टी उपाध्यक्षको जिम्मेवारी पाइसकेका बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा ओलीले अघि सारेपछि नेताहरूलाई सरप्राईज भएको हो ।
प्रधानमन्त्री कै कारण सचिवालयले सिफारिस गरेर पनि उनी राष्ट्रिय सभासदस्य समेत हुन पाएका छैनन् । एक त उनी संघीय संसदको सदस्य छैनन् भने राष्ट्रिय सभाको सदस्य भएपनि संविधान संसोधन नगरी प्रधानमन्त्री बन्ने बाटो बन्द छ । संविधान संशोधनमा २ तिहाइ चाहिन्छ । नेकपा नेचाहरूले यसलाई बेमौसमी डम्फू भनेका छन् ।
` बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउन सकिने कुरा प्रधानमन्त्रीले राख्नु भयो रे´ नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन् `मैले भनेको मान्छेलाई दिदाँ छोड्न तयार छू भन्ने सन्देश दिन र नेताहरूलाई अलमलाउने प्रयास मात्रै हो यो´ उनले भने ।
ओलीले प्रधानमन्त्रीको लागि गाैतम र अध्यक्षको लागि माधव नेपाल ल्याउन सकिने राय राखेपछि थप छलफल गर्न २० वैशाखमा बैठक डाकिएको छ । तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए ।
चुनाब हारेर पनि उनी सदनमा आउने चाहाना निरन्तर राखेका थिए । जसको लागि डोल्पाबाट धनबहादृुर बुढालाई राजीनामा गराएर चुनाव लड्ने योजनामा अघि सारिएकोमा पूरा हुन सकेन । जनताले दबाब दिएको भन्दै बुढाले राजीनामा दिन मानेनन् ।
बाँकेका सांसद नन्दलाल रोकायसँग राजीनामाका लागि भएको प्रयास पनि असफल रह्यो । त्यसलगत्तै बैतडीबाट दामोदर भण्डारीलाई राजिनामा गराउने प्रयास समेत गरिएको थियो ।
पूरा हुन नसकेपछि काठमाडौं ७ बाट उठ्ने र उठाउने अन्तिम तयारी गरेर रोकिएको थियो । कास्की २ बाट उठ्ने बहस समेत नभएको हैन त्यो पनि असफल भएपछि उनलाई राष्ट्रिय सभामा लैजान नेताहरू सहमत भएका थिए ।
सुरूवातमा उनले संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न माग गरेपछि रोकियो थियो । पुन सर्त विनापनि सदस्य हुन चाहेका गौतम प्रधानमन्त्री कै कारण राष्ट्रिय सभामा पनि जान पाएका छैनन् ।
-Shilapatra.com





Write your Comment