सरकारले भन्यो, ‘विद्यार्थी भर्ना नगर्नू, शुल्क पनि नलिनू’

रातोघर

 २०७७ बैशाख २२, सोमबार  मा प्रकाशित
५८४ पाठक संख्या


काठमाडौं। सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ ।

‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै भर्ना र अनलाइन कक्षाको नाममा शुल्क नलिनसमेत सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी भर्ना सुरु गर्न निजी विद्यालयले दबाब दिँदै आएका थिए । २५ वैशाखपछि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban