थप १७ जनामा काेराेना पुष्टि, आजै मात्र पुगे ७४ जना

रातोघर

 २०७७ बैशाख ३०, मंगलबार  मा प्रकाशित
२८२ पाठक संख्या


 

 

नेपालमा थप १७ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ ।

यसअघि आजै दिउँसाे काठमाडाैं उपत्यकाबाहिरका ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ ।

हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेकाे छैन । स्वास्थ्य मन्त्रालय स्राेतका अनुसार सबै जानकारी आएपछि केहीबेरमा पूर्ण विवरण सार्वजनिक गर्ने तयारी भइरहेकाे छ ।

अहिलेसम्म निको भएर घर फर्किनेको संख्या भने ३३ जना छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।

श्रोत; शिलापत्र

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban