नवलपरासी पूर्वमा पनि भेटिए कोरोना संक्रमित

रातोघर

 २०७७ जेष्ठ १, बिहिबार  मा प्रकाशित
२८७ पाठक संख्या


१ जेठ, काठमाडौं । नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।
अनलाइनखबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban