

मकवापुरका एकजनालाई कोरोना पुष्टि
हेटौंडा,२ जेठ । नेपालमा मकवापुरका एकजना सहित ९ जनालाई कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं,भेरी अस्पताल नेपालगन्जमा भएको परिक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रलयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरि थप नौ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताईएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।





Write your Comment