

प्रिय कोरोना
धेरैधेरै धन्यवाद
थाहा थिएन तिमी सँग कसरी अनि कुन रूपमा नचाहँदा नचाहादै पनि नजिक भएछु , तिमीलाई राम्रो सँग थाहा थियोकी म तिम्रो नजीक पर्न पनि चाहान्न भनेर , तर पनि मेरो कमजोरीको फाईदा उठाएर तिमी मेरो शरीर भित्र प्रबेश गरेछौ मैले पत्तो नै पाउन सकिन।
तिमी सङ को यो सामिप्यता ले मेरा सबै साथीभाई म बाट टाढा भए अफन्त हरु लाई टाढा गरायौ। हुनपनि हो तिमी सबैसँग आफ्नो फाईदा उठाउन खोज्थ्यौ। तिमी मेरो शरीरमा प्रवेस गरी म सँग खेल्न खोज्यौ , पूर्णरूपले आफ्नो अधीनमा राख्न खोज्यौ , अन्तत तिमिले मलाई मार्ने चाल मैले वेलैमा थाहा पाएँ । तिमी जसरी मलाई आफ्नो अधीन मा राखी मेरो शरीर सङ लड्न खोजेको थाहा पाए मनमा डर त थियो नै तिमी ले सन्सर नै तहस नहस गरायका थियौ तर पनि मन मा साहस थियो आत्मबल थियो। तिमीलाई म बाट अलग गराउन हदैसम्मको उपाय नगरेको हैन मैले तर पनि पटक पटक बिफल भइरहेको थिए ।
तरपनि मैले तिमीसँग कुनैपनि हालतमा छुट्टिनु थियो किनकी तिम्रो कारणले मेरा सबै प्रिय बस्तु हरु टाढा थिए म थुनिएर जेलको जस्तै जीवन बिताउन बिबस थिए साथीहरू म बाट टाढा भएका थिए। मलाइ कसैले भेट्न आउदैन थिए किनकि सबैलाई थाहा थीयो की तिम्रो बानी तिम्रो स्वार्थ । मैले मेरो मन साँचिकै कठोर बनाएँ, आत्मबल बलियो बनाएँ तिमीलाई जुन चीजहरू मन पर्दैनथ्यो त्यही गरे त्यही खाएँ ।
त्यसपछि तिमी बिस्तारै निष्क्रिय हुँदै गयौ।तिमी सँगको करीब करीब 24 दिनको लडाइँ लाई जीतमा बदलेको छु। आज म धेरै खुसी छु तिमीले गर्दा भेट्न नपाएका मेरा सबै प्यारा मन हरु सँग भेट्न पाएको छु । तिमी ले गर्दा देख्न नपएको बाहिरी सन्सर नियाल्न पाएको छु। आशा छ तिमी फेरी पनि दुःख दिन आउने छैनौ , अब म तिम्रा खराब बानी तिम्रा स्वार्थ ,तिम्रा कमजोरी सबैलाई भन्ने छु , ताकि बाँकी सबै सजक बनून् सुरक्षित बनुन।
अन्त्यमा तिमी म बाट अलग भएकोमा धेरै धेरै धन्यबाद, तिमीले सारा सन्सार लाई आतंकित पारेका छौ कैयौ ले आफ्ना आफन्त गुमाएका छन। सन्सारभर तिम्रो कारण ले ज्यन गुमाउनेहरु प्रती हार्दिक श्रदा सुमन अनि तिम्रा कारण ले तहस नहस भएको अर्थतन्त्र ,रोजगारि छिटो भन्दा छिटो सामान्य बनोस। अनि तिमी हामी सबै बाट कहिले पनि नफर्कने गरि बिलिन भयर जाउ तिमी लाई सदाको लागि बिदाइ को हातहरु हल्लाउन आतुर छु। धन्यवाद !!!!
तिमी लाई कहिल्यै मन नपराउने मान्छे
बिक्रम न्यौपाने
हाल , दुवई





Write your Comment