नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

रातोघर

 २०७७ जेष्ठ २३, शुक्रबार  मा प्रकाशित
२३७ पाठक संख्या


सुर्खेत- सुर्खेतमा बिहीबार ज्यान गुमाएका २० वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।

युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको प्रदेश सरकारले पुष्टि गरेको छ।

bbbbb

यसअघि पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए । उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

जुम्लाको क्वारेन्टाइनमा बसेका ६५ वर्षे वृद्धको मृत्यु

जुम्लामा क्वारेन्टाइनमै बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ का उनी जेठ २१ गते नेपालगञ्जबाट जुम्ला गएका थिए । उनी भारतबाट नेपालगञ्ज हुँदै जुम्ला पुगेका थिए । उनीसँगै ९ जना नेपालगञ्जबाट जुम्ला पुगेका थिए ।

बाहिरी जिल्लाबाट आएका उनलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए।

मृतक मुटु र दमको बिरामी थिए । नियमित औषधि सेवन गर्दै आएका उनको मृत्युको कारण खुलेको छैन् । डीएसपी धामीका अनुसार मृतक व्यक्तिको थ्रोट स्वाबको नमुना संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ ।

स्थानीयका अनुसार भारतबाट जुम्ला आइसकेपछि उनी बाटोमा हिँड्न सकिरहेका थिएनन्। उम्गाट भन्ने ठाउँमा उनी हिँड्न नसेकपछि उनलाई कसैले बोक्न मानेको थिएन। त्यसपछि उनकी बुहारीले बोकेर लगेकी थिइन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban