नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२

रातोघर

 २०७७ जेष्ठ २३, शुक्रबार  मा प्रकाशित
२४९ पाठक संख्या


काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका हुन् । उनले कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका बताए । देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ ।
आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ८६५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४३ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुने ३ सय ३३ जना रहेका छन् । जसमा महिला ६१ जना अन्य पुरुष रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban