लोक तथा दोहोरी गायक खेम सेञ्चुरीको निकै मार्मिक गित सार्वजनिक

रातोघर

 २०७७ जेष्ठ २३, शुक्रबार  मा प्रकाशित
५४१ पाठक संख्या


काठमाडौं । अन्तरजातीय प्रेमकै कारण मृत्युवरण गरेका जाजरकोटका नवराज विकले न्याय पाउनुपर्ने भन्दै चौतर्फी आन्दोलन भइरहेका बेला समाजमा हुने वर्ग र वर्ण भेदलाई चित्रण गर्दै लोक तथा दोहोरी गायक खेम सेञ्चुरीले निकै मार्मिक गित बजारमा ल्याउनुभएको छ।
गायक सेञ्चुरीको आफ्नै यूट्युव मार्फत् सार्वजनिक भएको ‘कामी दाईको छोरो’ गीतमा अन्तरजातीय प्रेमका कारण बिवाह गर्न नपाएर मृत्युवरण गरेका प्रेम जोडीको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
उक्त गीतमा गायक सेञ्चुरीलाई चर्चित गायिका शान्ती श्री परियारले साथ दिएकी छन्। अनिश दवाडीको लय शब्द रहेको गीतमा गायक सेन्चुरीसँगै सृजना रेश्मी मगरले अभिनय गरेकी छन्। सार्वजनिक भएको केहि समय देखिनै गित निकै भाईरल भएको छ । लोकपारखीहरुले निकै सकारात्मक प्रतिक्रीया दिन थालेका छन् ।
छुवाछुत र जातीय विभेद दण्डनीय हुने व्यवस्था लागु भैसकेपछि पनि अन्तरजातीय प्रेमकै कारण वर्षेनी दलित कुटिइरहनुपर्ने र मारिइरहनुपर्ने अवस्थामा यो गीत सार्वजनिक हुनु समाज परिवर्तनका लागि कोशेढुंगा साबित हुने धेरै कलाकारहरुले विश्लेषण गर्न थालेका छन्।
‘यो एउटा गीत मात्रै नभई समाजको एक यथार्थ चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने हाम्रो मनसाय कदापी होइन ।’ गीतबारे गायक सेञ्चुरीले भन्नुभयो, ‘छुवाछुतविरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीलाई छ।’
हेर्नुस् भिडियो

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban