

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कोरोना संक्रमितको हिजो निधन भएको छ । अस्पतालबाट बिहीबार जारी गरेको विज्ञप्तिअनुसार स्याङजा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको निधन भएको हो ।
गत असार ८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको ती व्यक्ति निमोनिया र मधुमेयबाट पीडित भएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने उनी दोस्रा व्यक्ति हुन् कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने उनी दोस्रा व्यक्ति हुन् भने नेपालमा कोरोना संक्रमणले निधन हुनेको संख्या २५ पुगेको छ ।






Write your Comment