पर्साका लोक गायक खेमराज पौडेलको नया तिज गित “ढुंगे छपनी” सार्वजनिक

रातोघर

 २०७७ श्रावण ५, सोमबार  मा प्रकाशित
११५५ पाठक संख्या


सिमरा : जापानमा कर्मथलो बनाएका पर्साका लोक गायक खेमराज पौडेलको नया तिज गित “ढुंगे छपनी” सार्वजनिक भएको छ।

आजै मात्र सांगितिक बजारमा आएको “ढुंगे छपनी” बोलको गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द कर्णप्रिय आवाज का धनि गायक सुर्य खड्काको लय संगीतमा खेम राज पौडेल र सिवा केसी को आवाज रहेको छ।

लोकप्रिय सर्जक केशव पौडेलको नाममा रहेको युटुव च्यानलबाट बजारमा आएको उक्त गीतमा दुर्गा पौडेलको छायाँकन, शंकर बिसीको निर्देशन मा रबिना भण्डारी र स्वयम शंकर बिसीको अभिनय देख्न सकिन्छ।

लगभग एक दर्जन जति गीतहरुमा आफ्नो आवाज दिएका उनि यस बर्षको तीज गीत बाट धेरै भन्दा धेरै दर्सक स्रोता माझ चिनेने वर्ष बन्ने मा ढुक्क छन्।

गायक खेमराज पौडेल विगत लामो समयदेखि जापानमा रहि आफ्नो कार्यसंगै गीत संगीतलाई पनि निरन्तरता दिँदै आएका छन् । “बुढी जापानतिर”, “बेलौती” लगायतका उनका यस भन्दा अगाडिका अन्य गीतहरू डिजिटल बजारमा छन् ।

अन्य गीत भन्दा यस गीतमा धेरै मिहेनत र केही फरक गर्ने कोसिस गरेकोले उक्त गीतलाई दर्शक स्रोताले रुचाइदिनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ।
भिडियो :

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban