कति स्वास्थ्यवद्र्धक छ पोलियो थोपा ?

रातोघर

 १३ मंसिर २०७६, शुक्रबार १२:११  मा प्रकाशित

पोलियो (पोलियोमेलाइटिस) भाइरसले हुने संक्रामक रोग हो र यो रोग फैलाउने पोलियो भाइरस तीन प्रकारका हुन्छन् । वैज्ञानिक हिसाबले ती फरकफरक भए तापनि पक्षाघात वा मृत्युसमेत निम्त्याउने पोलियो भाइरसका लक्षण चाहि“ समान हुन्छन् । विश्व स्वास्थ्य संगठनअनुसार विश्वभरि टाइप टु तथा टाइप थ्री नामक पोलियो भाइरस उन्मूलन भइसकेको छ । तर, टाइप वान नामक भाइरस चाहि“ अफगानिस्तान र पाकिस्तानलगायत केही देशमा अझै देखिएको छ ।
पोलियो भाइरस विशेष गरेर रोगीको घा“टी तथा आन्द्रामा रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरस बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दूषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरूमा सर्छ ।

पोलियो भाइरसको संक्रमण भएमा ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हातखुट्टा दुख्ने जस्ता लक्षण तथा चिह्न देखा पर्छ । केही बालबालिकामा यसले पक्षघात गराई अपांग पनि गराउ“छ भने बालबालिकाको मुत्यु समेत हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक २ सय बिरामीमध्ये एक जना बिरामीलाई हुने पक्षाघात पूर्ववत् अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ ।
अनेक अध्ययनले देखाएको छ कि पोलियोले मूलतः पा“च वर्षमुनिका बालबालिकालाई असर गर्छ । जन्मेदेखि एकपटक पनि पोलियो खोप नलिएका वा पोलियो खोपको पूरा मात्रा नलिएका बालबालिका यस रोगको उच्च जोखिममा हुन्छन् । समुदायमा एक जना बच्चालाई पनि पोलियो रोग भएमा अरू बालबालिकालाई सर्ने सम्भावना हुन्छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘खोप कार्यक्रम सञ्चालन भए तापनि खोेप सेवा राम्ररी उपभोग नभएका ठाउ“का बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन ।’
वैज्ञानिक अध्यननको हवाला दि“दै स्वास्थ्य बजारले दिएको अहिलेसम्मको सार्वजनिक जानकारी के हो भने पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एक मात्र प्रभावकारी उपाय भनेको खोप तालिकाअनुसार पोलियो रोगविरुद्ध पोलियो खोप दिनु नै हो । अहिले बजारमा पोलियो रोगविरुद्ध दिइने दुई किसिमका खोप उपलब्ध छन् ।

मुखबाट खुवाइने पोलियो रोगविरुद्धको ओपीभी खोप र सुईको माध्यमबाट दिइने एफआईपीभी खोप । ओपीभी खोप नियमित खोप कार्यक्रममार्फत पोलियो थोपा बच्चा जन्मेको ६, १० र १४ हप्तामा जम्मा तीनपटक दिइने गरिन्छ भने यसका अतिरिक्त ५ वर्षमुनिका बालबालिकालाई हरेक पोलियो खोप अभियानमा पनि पोलियोको दुई थोपा खुवाउने गरिन्छ ।
एफआईपीभी खोप ६ र १४ हप्ताको उमेरमा सुईको माध्यमबाट दिइने खोप हो, यो खोप मुखबाट खुवाउने पोलियो खोपको अतिरिक्त दुईपटक दिइने गरिन्छ । भनिन्छ, एफआईपीभीले पोलियो रोगविरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।
अतः यसरी विश्वभरि ठूलो स्तरमा चलाइ“दै आएको खोप कार्यक्रम पोलियोविरुद्धको लडाइ“मा महŒवपूर्ण साबित भएको विश्व संगठनको दाबी छ । तथ्यांकलाई हेर्ने हो भने पोलियो खोप निर्माण हुनुभन्दा पहिला विश्वका १ लाख बालबालिकामध्ये २० जना पोलियो सिकार हुने गर्थे । तर, पोलियो खोपस“गै पोलियोपीडितको संख्या घट्दै गयो । यसलाई पोलियो खोपको महŒवपूर्ण ठानिरह“दा पक्षघातबाट पीडित बालबालिकाको संख्या भने घटेको देखि“दैन भने पक्षघातको अलावा बालबालिका अटिज्म, टाइप वान डाइबेटिजलगायतका रोग बढेको देखिन्छ । त्यसैले पोलियो खोपको अर्को पाटोको अध्ययन गर्न पनि त्यत्तिकै जरुरी छ ।

विश्वका कतिपय चर्चित चिकित्सक तथा वैज्ञानिकको दाबी छ, पोलियो खोपले लाभभन्दा हानि बढिगरेको छ । बालबालिका पक्षघात, अटिज्म, टाइप वान डाइबेटिज तथा अन्य दीर्घरोग जन्माएको छ । भारत सरकारको तथ्यांकअनुसार भारतमा सन् २००० देखि २०१७ सम्म पोलियो भ्याक्सिनका कारण ५० हजारभन्दा बढी बालबालिका पक्षघातको शिकार भएका छन् । यो सरकारी तथ्यांक हो तर अध्ययनको यो पाटोलाई ठूला फार्मा कम्पनीले पावर र पैसाको बलमा दबाएर राखेका छन् र, भाइरस संक्रमणको कुनै उपचार ह“ुदैन भन्ने डर देखाएर देश र जनता लुटिरहेका छन् ।

ओम बानियाँ

Write your Comment