जीतपुरसिमरा वडा नम्बर २ ले बाड्यो राहत

रातोघर

 २४ चैत्र २०७६, सोमबार २०:५४  मा प्रकाशित
२३१ पाठक संख्या



जीतपुरसिमरामा वडा २ ले बाड्यो राहत

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ ले आज ४०० घरपरिवारलाई राहत विरण गरेको छ । वडा कार्यालयले टोलि बिकास समितिहरुमार्फत आज ४०० घर परिवारलाई राहत वितरण गरेको हो ।

वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले टोलि बिकास समितिका अध्यक्षहरुलाई राहत हस्तान्तरण गर्नुभएको थियो । वडा नम्बर २ भित्र १४ वटा टोल बिकास समिति रहेको छ । वडाबाट प्राप्त राहत टोल विकास समितिले धमाधम वितरण गरिरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

राहतमा प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन राखिएको थियो । यस्तै वडा कार्यालयले लामखुट्टेको किटनासक औषधि पनि टोल बिकास समितिहरुलाई प्रदान गरेको छ ।

वडा अध्यक्ष श्रेष्ठले छुटेकाहरुको नाम पुनः संकल्न गरिनेभन्दै आवश्यक परेको खण्डमा थप राहत प्रदान गरिने बताउनुभयो । आफुहरुसंग प्रयाप्त बजेट नभएकोभन्दै उहाले यस बिषयमा नगरले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Write your Comment