

बारा
कोल्हबी नगरपालिकाकाको वडा नम्बर नौ, दुई र तिनमा पनि हिजो शुक्रवार अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । विश्व महामारीको रुपमा फैलिदै गएको कोरोनाको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लक डाउनमा दैनिक ज्यालादारी गरेर खाने परिवारलाई खाद्यान्न अभाव भएपछि नगरपालिकाले उपलब्ध गराएको सामग्री वडाले त्यस्तो परिवारलाई खाद्यान्न वितरण गरेको हो । कोभीड़ १९ को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाई भएको समस्यालाई मध्यनजर गर्दै राहत उपलब्ध गराइएको जनाए ।
नगरपालिकाले निर्देशन दिए जस्तै तिन वटै वडाले तिन प्याकेज भित्र रहेर सो राहत वितरण गरेको छ । उक्त निर्देशन अनुसार प्याकेज एक मा दुई जना सम्मको परिवार जसलाई दश के.जी. चामल, एक के.जी. दाल, एक पैकेट नुन, दुई के.जी. आलु र आधि लिटर खाने तेल बाँडेको थियो भने प्याकेज दुईमा ४ जना सम्मको रहेको परिवारलाई बिस के.जी. चामल, दुई के.जी. दाल, एक पैकेट नुन, तिन के.जी. आलु र एक लिटर तेल वितरण गरिएको थियो । त्यस्तै प्याकेज तिनमा चार जना भन्दा माथि निर्देशन गरिएको परिवारलाई पच्चीस के.जी. चामल, दुई के.जी. दाल, दुई पैकेट नुन, पाँच के.जी. आलु र एक लिटर तेल दिइएको थियो ।
एघार वटा वडा रहेको कोल्हबी नगरपालिकाले नगरक्षेत्रभित्र रहेका अति विपन्न, दैनिक ज्यादारी, एकल महिला, पुरुष लगायतलाई वैशाख १ अर्थात नयाँ वर्ष अगावै राहत उपलब्ध गराउने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । कोभिड–१९ नेपालमा संक्रमण नहुन दिनको लागी विगत दुई साता भन्दा बढि दिन देखी भएको लकडाउनमा जिवनयापनमा केही सहजता होस् भन्ने उद्देश्यले खाद्यन्न सामग्रीहरु उपलब्ध गराउन लागिएको यस नगरपालिकाका नगरप्रमुख भरत बहादुर भण्डारीले बताउनुभयो ।
समाजीक दुरी कायम रही गरीएको यस कार्यक्रमलाई पारदर्शी रुपले सफल बनाउन वडा नम्बर ९ ले निर्वाचित सम्पुर्ण जनप्रतिनिधि लगायत सात सदस्यीय समिति बनाई राहत वितरण गरेको छ । सो समितिमा वडा नम्बर ९ का अध्यक्ष योगेश चौधरी, ने.क.पा. का भिम चौधरी, ने. का. बाट राजकुमार चौैधरी, श्री ने. रा. अधारभुत बिद्यालय खगदे पडरीका प्रधानाध्यापक नन्द प्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रतिनिधि बिरेन्द्र गिरी, सशस्त्र प्रहरी बेश क्याम्प कोल्हबीका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार शत्रुधन मिश्र र वडा सचिव जयबिर चौधरीलाई समेत समेटेर कमिति बनाएर र ने.का. का वडा सभापती देवनारायण चौधरको रोहबरमा सो राहत वितरण गरेको छ । वडा नम्बर नौ मा कुल १७८२ जनसंख्या मध्धे ३५५ धुरीलाई राहत बाँडिरहेका छन् ।
त्यस्तै यस नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष गोपाल प्रसाद अधिकारीले पनि ११ सदस्यीय समिति गठन गरी २५५ जना घर परिवारलाई वितरण गर्दैछन भने वडा नम्बर ३ का अध्यक्ष किसुनद्याल चौधरीले पनि आफ्ना वडमा ९ जनाको समिति बनाएर बाँड्नु पर्ने २१८ घर धुरी मध्धे ११२ घर परिवारलाई हिजो भ्याई सकेको र आज बाँकी १०६ घर परिवारलाई वितरण गर्ने जानकारी प्राप्त भएको छ ।





Write your Comment