सिमरा जेसिसले ल्यायो महाविर पुनले बनाएको पिपिई, नगर प्रमुख पौडेललाई गरे हस्तान्तरण

रातोघर

 २०७६ चैत्र २९, शनिबार  मा प्रकाशित
३७० पाठक संख्या


सिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संचालन गरेको कोरोना बिशेष अस्थाई अस्पतालका लागि सिमरा जेसीजले ब्यक्तीगत सुरक्षा सामाग्री ‘पिपिई’ उपलब्ध गराएको छ ।

महावीर पुनको राष्ट्रिय आबिस्कार केन्द्रमा निर्माण भएका १० थान पिपिई आज उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेललाई हस्तान्तरण गरिएको सिमरा जेसीसका अध्यक्ष धनन्जय थोकरले जानकारी दिए ।

अस्पतालको क्वारेन्टाईनमा भर्ना भएकाहरुको चेकजाँचका लागि खटिने चिकित्सकहरुलाई पिपिई अभाव नहोस् भन्नका लागि आफुहरुले केहि सहयोग गरेको महासचिव शालिकराम अधिकारीले बताए ।

हस्तान्तरण कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरी, तराई यातायात ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष हरि अधिकारी लगायतको उपस्थितीमा सो सामग्री बितरण गरिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban