राजनीतिक प्रतिशोध राखेर फसाउन खोजियो : नगर प्रमुख यादव

रातोघर

 २०७६ चैत्र २९, शनिबार  मा प्रकाशित
३८९ पाठक संख्या


कलैया, २९ चैत /
कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले उपमहानगरपालिका अन्तर्गत रहेको वडाहरूले वितरण गरिरहेको राहतमा मेरो नाम जोडेर केही सञ्चार माध्यममा आएको समाचार प्रति आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

नगरप्रमुख यादवले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै केही व्यक्तिहरुले आफ्नो राजनीतिक प्रतिशोधले प्रेरित भई सामाजिक संजालमा मेरो अर्थात कलैया उपमहानगरपालिकाको नगर प्रमुखको नाम जोडेर भ्रामक सूचना लेखेकोमा समेत मेरो आपत्ति रहेको जनाएका छन ।

लकडाउनको समयमा कलैया उपमहानगरपालिकाको कार्यपालिकाको बैठकबाट २७ वटै वडाका वडा अध्यक्षहरूले आ-आफनो वडाको बजेटबाट खाद्यान्न सामाग्री खरिद गरि राहत वितरण गर्न निर्णय भएको पायक पर्ने ठाउँबाट खरिद गरि राहत वितरण भईरहेकोमा केही सञ्चार माध्यममा हुँदै नभएको कुराहरूलाई समेटेर समाचार प्रसारण, प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको नगरप्रमुख यादवले विज्ञप्तीमा जनाएका छन ।

केही मिडियामा आएको समाचारको आधारमा यादव कोल्ड स्टोर मेरो नाममा दर्ता नभएको र उपमहानगरपालिका स्तरबाट जाँचबुझगर्दा धनलक्ष्मी दाल मिल वीरगन्ज उद्योगका सञ्चालक तेजकरण शर्माले आफनो मुन्सी गोल्डेन सिंहलाई पठाई कोल्ड स्टोरमा रहरको दाल भाडामा भण्डारण गरेको र भण्डारण गरेको स्थानबाट विक्रि वितरण गरेतापनि केही संचार माध्यमले सत्यतथ्य नबुझीकन नै मेरो नाम जोडेर समाचार प्रकाशन, प्रसारण गर्नु निन्दनीय कार्य हो उनले विज्ञप्तीमा भनेका छन । केही वडामा गुणस्तरहीन राहत वितरण भएको गुनासो आएपछि राहतको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई आफैले ध्यानाकर्षण गराई छानविन समेत भई भईरहेको जानकारी जनाएका छन ।

जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले छानबिन गरिरहेकै अवस्थामा यादव कोल्ड स्टोर र मेरो नाम मुछिएर भ्रामक समाचार आएकोमा त्यसको खण्डन गर्न चाहन्छु विज्ञप्तीमा छ । आफू सधै कलैया नगर र यहाँका जनताको विकासप्रती कटिबद्ध रहँदै आएको र भविष्यमा समेत कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । साथै सत्य तथ्य बुझेर समाचार प्रकाशन, प्रसारण गर्न हुन सम्पुर्ण सञ्चारकर्मीहरुलाई विज्ञप्तीमार्फत नगरप्रमुख यादवले आग्रह समेत गरेका छन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban