

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ ले ३ सय घरपरिवारलाई राहत वितरण गरेको छ । यस उपमहानगरपालिकाले बिनियोजीत गरेको रकमबाट आफ्नो वडाका ३ सय परिवारलाई राहत वितरण गरेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण संक्रमणबाट नेपाल सरकारले लक डाउन गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने अतिविपन्न परिवारलाई स्थानिय तहले खाद्यान्नको जोहे मिलाउन नसक्दा समस्यामा परेका थिए । बिहान बेलका खान समेत समस्यामा परेको गुनासो बढ्दै गएको भन्दै यस वडाले राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो ।
राज्यले यस समयमा भाईरसको संक्रमणबाट बच्न समाजीक दुरु कायम गर्ने भनेको अनुसार यस वडाले समाजीक दुरी कायम राख्न विभिन्न उपाए अपनाएको वडा अध्यक्ष देवानको भनाई छ । उहाँले आवश्यक्ता अनुसार राहतको संख्या बढाउन सकिने र कुनैपनि वडाबासिलाई समस्यामा पर्न नदिने समेत जानकारी गराउनुभएको छ ।
वडाले प्रत्येक परिवारलाई २० किलो चामल, ५ किलो पिठो, ३ किलो आलु, एक किलो प्याज, एक किलो नुन, खाने तेल एक लिटर, दाल २ किलो, स्वायबिन २ सय ५० ग्राम, वितरण गरेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो ।





Write your Comment