

सिमरा ।
यो दृष्य जीतपुरसिमरा उपमहानगरपालीका १४ स्थित डुमरवानाको हो । बर्खा लागिसकेको छैन । पानीको अभाव नै छ । यो चैतो धान रोप्ने समय हो ।
देशमा लकडाउन छ । सारा ठप्प छ । तर असारमा उब्जनी हुने चैते धानको बिउ छिप्पिदै जाँदा उनीहरुले लकडाउनको प्रभावलाई मानेनन् । र फाँटमा देखिए । पम्पिसेटबाट पानी सिँचाई गरी धान रोप्ने दिन यही लकडाउन भित्रै पार्नुपर्ने उनीहरुको बाध्यता हो ।
हामी यहाँ उनीहरुसंग देखिदा राहत बाँडन आएका टोली हुन् कि जस्तै गरी उनीहरुको बुझाई देखिन्थ्यो । हामी उनीहरुसंग कोरोना बारे थाहा छ ? भनेर मात्र सोध्यौँ ।
उनीहरुमध्ये धैरैजसो हामीसंग बोल्न मानेनन् । किन कि लकडाउनका बेला कतै यिनिहरुले प्रहरीलाई खबर गरिदिने हुन् कि भन्नेपनी डर थियो ।
यिनीहरुलाई न सामाजिक दुरी थाहा छ , न माक्स र पन्जाबारे नै थाहा छ । कोरोना भनेको एउटा ज्वरो आउने रोग हो भन्ने चाँही उनीहरुमध्ये केहीलाई थाहा रहेछ । र उनीहरुलाई यो पनी बिश्वास छ उनीहरुको समुहलाई त्याो रोग कहिले लाग्दैन । त्यसैले उनीहरुले कोरोनालाई बार्ने गरेका छैनन् ।
तर काम केही गर्न नपाइएपछी सरकारले राहत बाँडन थाल्यो भन्ने उनीहरुलाई थाहा छ । तर उनीहरुले बुझेका छन् ,राहत सबैलाई बराबरी हुनुपर्छ । हामी ज्यालादारी गरी मजदुरी गर्नेलाई सरकारले नदिए कस्ले दिन्छ ? उनीहरुले हामीसंग नै आक्रोस पोख्दै थिए ।





Write your Comment