देश लकडाउनमा तर प्रदेश २ मा सार्वजनिक बिदा !

रातोघर

 २०७७ बैशाख २, मंगलबार  मा प्रकाशित
४१५ पाठक संख्या


जनकपुरधाम ।

कोरोना भाइरसलाई लिएर सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश २ को सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।

यस्तो विपदको अवस्थामा मुलुकलाई लकडाउन गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले आपत्तकालीन घोषणा गर्दै सार्वजनिक तथा निजी संस्थालगायत सम्पूर्ण क्षेत्र ठप्प रहेको अवस्थामा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जारी गरेको विज्ञप्तिमा नव वर्षको अवसरमा प्रदेशवासीलाई शुभकामना दिँदै मंगलबार सार्वजनिक बिदा दिएको उल्लेख छ ।

‘यतिबेला नोभल कोरोना भाइरसको ठूलो जोखिममा छौँ । प्रदेश सरकार उच्च मनोबलका साथ साधन स्रोत तथा जनशक्तिको अधिकतम उपयोग गरी यो महामारीको मुकाविल गर्न लागि परेको छ । यस्तोमा सरकारद्वारा जारी हुने निर्देशन तथा सुझावलाई पालना गर्दै यो पर्व सामाजिक दूरी कायम गरी मनाउनु हुन सम्पूर्ण प्रदेशवासीसँग आग्रह गर्दछु’ मन्त्री यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रदेश सरकारको आलेचना

प्रदेश २ मा ४ जना कोरोना भाइरसका संक्रमित भेटिएको भए पनि प्रदेश सरकार कामभन्दा प्रचारवाजीमै बढी देखिएका छन् ।

बिदासम्बन्धी विज्ञप्ति समाजिक सञ्जालमा आएपछि अहिले प्रदेश सरकार निकै आलोचना भइरहेको छ । आलोचनाले पूरै समाजिक सञ्जाल पोतिएको छ । कुन्दन कौसिक ले लेखेका छन, ‘आन्हर देश कान्हा राजा अर्थात अन्धो देशमा बहिरो राजाको कहावत चरिर्ताथ भएको छ ।’

घनश्याम मिश्रले लेखेका छन् ‘प्रदेश नै लकडाउनको बेला कसको लागि बिदा दिए होलान सरकारले ।’ त्यस्तै  लकडाउनमा बोर भएर बसेका जनतालाई हँसाउनलाई होला कुमार राहुल अकाशले व्यग्यं गरेका छन् ।

नवीन साहले सामाजिक सञ्जालमा एउटा हुन्छ मूर्ख र अर्को हुन्छ महामूर्ख भनेर सरकारको कडा आलोचना गरेका छन् ।

कसरी मिडियामा आफ्नो नाउँ आउछ भन्ने विषयमा मन्त्रीहरूबीच प्रतिस्पर्धा हुँदा गल्ती भएको मुख्यमन्त्री कार्यालयका एक अधिकृतले नाम नछाप्ने शर्तमा बताए ।

shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban