प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

रातोघर

 २०७७ बैशाख २, मंगलबार  मा प्रकाशित
४०१ पाठक संख्या


जनकपुर ।
प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भई फर्केकामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
वीरगञ्जपछि रौतहटमा पनि एकजना कोरोना भाइरस लागेका व्यक्ति फेला परिसकेका छन । रौतहटका युवक पनि भारतबाटै आएका थिए ।
-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban