हेटौंडाका पत्रकार रबिन्द्र गौतम २४ घण्टा नबित्दै रिहा भए

रातोघर

 २०७७ बैशाख ३, बुधबार  मा प्रकाशित
३२३ पाठक संख्या


सिमरा । मकवानपुर जिल्लाको हेटौंडाबाट सक्रिय पत्रकारिता गरि रहेका पत्रकार रबिन्द्र गौतमलाई बाराको सिमरा प्रहरीले  २४ घण्टा नबित्दै रिहा गरेको छ । सामाजिक सञ्जालमा अफवाह फैलाएको गुनासो आएपछि बारा स्थित ईलाका प्रहरी कार्यालय सिमराले अनुसन्धानको लागि हिजो मंगलवार नियन्त्रणमा लिएको थियो ।

 

गौतमले बैशाख १ गते सोमवार दिउंसो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जीतपुरमा १ जना,सिमरामा २ जनामा पनी कोरोनाको संक्रमण देखियो भन्ने कुरा आयो सतर्कता अपनाउन जरुरी भनेर लेखेका थिए । झट्ट हेर्दा अफवाह पनी लाग्ने र आर्को तर्फबाट सचेत पनी गराउन खोजिए जस्तो लाग्ने स्टार्टसका कारण पत्रकार गौतमलाई अनुसन्धानको लागि प्रहरीले हिजो मंगलवार फोनगरी सम्पर्कमा ल्याएको थियो ।

 

पत्रकार गौतमलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले मकवानपुर जिल्ला प्रहरी कार्यालयमा बोलाई सिमरा ल्याएको हो । हिजोनैं १० दिनको म्याद थप गरेको भएपनी पत्रकार गौतमले आफ्नो त्रुटी सच्याएको र प्रहरीको अनुसन्धानमा सहयोग पुर्याएकोले उनलाई आज बुधवारनैं जिल्ला प्रशासन कार्यालय बाराले २ हजार जरिवाना गरि छोड्न आदेश गरेपछि पत्रकार गौतम रिहा भएका हुन् ।

 

पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्ठले गौतमको रिहाले संग्रह पत्रकारको जीत भएको प्रतिक्रिया दिएका छन् । पत्रकार रबिन्द्र गौतम हाल हिमालय टेलिभिज मकवानपुर जिल्लाको सम्वादाता,रेडियो सरोवर हेटौंडाको स्टेशन को–अडिनेटर र बागमती खबर डटकमका सञ्चालक हुन् । उनले १२ बर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban