पत्रकार देउजाको ‘क्वारेन्टाईन’ सार्वजनिक

रातोघर

 २०७७ बैशाख ३, बुधबार  मा प्रकाशित
३५४ पाठक संख्या


सिमरा । नाेवेल काेराेना भाईरस(काेभिड-१९) नियन्त्रणका लागी जनचेतना फैलाउने उद्धेश्य सहित संचारकर्मी सन्ताेष देउजाले क्वारेन्टाईन शिर्षककाे लघुचलचित्र सार्वजनिक गरेका छन्। उक्त लघुचलचित्र कपुरबाेट युटुव च्यानलमा हेर्न सकिन्छ।

बाहिरबाट स्वदेश फर्किएका नेपाली अनिवार्य क्वारेन्टाईनमा बस्नु पर्ने संदेश बाेकेकाे लघु चलचित्र क्वारेन्टाईनले जाे कसैलाई भावुक बनाउन सक्छ। विदेशबाट नेपाल फर्किएका परदेशीकाे भुमिकामा संचारकर्मी देउजालाई निर्देशन शावन शर्माले उत्कृष्ट अभिनय गराएका छन्। देश फर्कदा उनले पाएकाे दुखलाई कथामा समावेश गरिएकाे छ।

क्वारेन्टाईनमा देउजा सहित आकृति न्याैपाने, प्रनिशा बस्नेत लगायतका कलाकारकाे मुख्य भुमिका रहेकाे छ । राजेश राउतकाे कथा रहेकाे साे लघुचलचित्र क्वारेन्टाईनकाे छायाँङ्कन तथा दृश्य सम्पादन बिकास गुरुङ्गले गरेका हुन।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban