

सिमरा । लकडाउनले बिश्वभरका जनता त्रासमा छन् । नेपालमा पनी अवस्था साम्य भएको छैन । तर अन्य देशहरुको तुलनमा त्यतीधेरी क्षती भने भइसकेको छैन ।
अहिले बिशेषगरी देशका कृषी पेसामा लागेका नागरिकलाई बिभिन्न चिन्ता छ । यस्तै पशुपालन गरी जिविकोपार्जन गर्ने र ब्यवसायीक दुग्ध उत्पादक किसानलाई लकडाउनले ठुलो समस्या पारेको छ । फलस्वरुप किसानहरुको साझा सहकारीताको थलो दुग्ध सहकारीहरुलाई किसानले डेरीमा ल्याएका दुध बिक्री गर्न नसक्दा समस्या खेपिरहेका छन् ।
‘मिल्क होली डे’ गर्दा ब्यवसायिक दुध किसानहरु सडकमै आउने समस्याका कारण दुग्ध सहकारीहरु अहिले जेनतेन संचालित छन् ।
तर दुध खपत गर्न नसक्दा उनीहरुले बिकल्प स्वरुप अन्य दुधजन्य सामग्रीहरु बनाउ तर्फ लागेका छन् । सिमरामा रहेका प्रभात फेरी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष दलिन्द्र बहादुर थापाले किसानको दुध खपत गर्न सहकारीलाई हम्मे हम्मे परिरहेको बताए ।
उनले किसानको समस्यालाई ध्यानमा राखी दुध जन्य परिकारहरु बनाउन थालिएको बताए । अहिले सहकारीले पनिर , खुवा लगाएतका सामग्रीहरु सर्वशुलभ मुल्यमा बिक्री गरिरहेको छ ।

उता जीतपुरसिमरा ४ औराहामा रहेको औराहा पशुपालन कृषी सहकारीले पनी बिहान मात्र किसानको दुध संकलन गरेपनी खपत गर्न नसकेको बताए ।
दुध खपत नभएपछी अहिले औराहाले पनी खुवा, पनीर, दही, घयु, पुस्टकारी इत्यादी बनाई बेच्न शुरु गरेका छन् ।
लकडाउन अवधी अझै लम्बिन सक्ने अवस्था आए अब सहकारी नै बन्द गरी किसानका दुध बाटौमा खन्याउनुपर्ने अवस्था आउने सहकारीका अध्यक्ष मदन बहादुर क्षेत्रीले गुनासो गरे ।
अहिले जीतपुरसिमरामा सैयौँको संख्यामा ब्यवसायिक दुग्ध किसानहरुले आम्दानी लिईरहेका छन् । तर यो लकडाउनले उनीहरुको पेसानै धरासायी बन्दै गएको भन्दै पेसा परिवर्तनको बिकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने कतिपय किसानको गुनासो छ ।
सहकारीका अध्यक्ष नलिन्द्र बहादुर थापाको भनाई :





Write your Comment