

सिमरा ।
बिश्वभरी कोरोना भाइरसको महामारीले सताइरहेका बेला नेपालमा भने यसको प्रभाव तुलनात्मक हिसाबले थोरै मात्र प्रभाव देखिइरहेको छ । नेपाल सरकारको उच्च सतर्कताका कारण पनी नेपालमा संक्रमण प्रभावलाई न्युनिकरण गर्दै लगिएको छ ।
यसैबिच बाराको सिमरा स्थित इलाका प्रहरी कार्यालय सिमराको मुल गेटमा ‘स्यानिटाइजर’ डेस्क स्थापना गरिएको छ ।
सिमरामा रहेको शिवशत्ति हाडवेयरका संचालक शिव पौडेलले सो डेस्कका लागी आर्थिक ब्यवस्थापन गरिदिएका हुन् ।
प्रहरी परिसरमा आम जो कोही नेपालीले सेवा लिनुपर्ने र संक्रमण भित्रिन सक्ने भन्दै प्रहरी आफैमा सुरक्षित रहनुपर्ने धारण सहित पौडेलले ‘स्यानिटाइजर’ डेस्कको स्थापना गरेको बताए ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख गोबिन्द पुरीले आफ्नो कार्यालय सहित नगरका मुख्य मुख्य नाकामा यस्तो डेस्क स्थापना गर्न सके संक्रमण भित्रिन नपाउने बताए ।
डेस्कमा सिमरा प्रहरी प्रमुख पुरी र साबिक पिप्रा सिमरा गाबिसका पुर्व गाबिस अध्यक्ष भोला अधिकारी लगाएत स्थानिय समाजसेवीहरुको उपस्थितीमा सो डेस्क स्थापना गरिएको हो ।
यसैबिच सिमरा फाउन्डेसनले पनी सिमरा हेल्थ डेस्क स्थापना गरेको छ । नगरका ५ स्थानमा हेल्प डेस्क स्थापना गर्ने तयारी रहेको भन्दै फाउन्डेसनका अध्यक्ष मोहम्मद आरिफ हुसेनले संक्रमण रोक्न स्थानिय स्तरबाटै सचेत हुन आवस्यक रहेको बताए ।
उनीहरुले हिँजो सिमराको कोरोना अस्थाई अस्पतालमा सो डेस्क स्थापना गरेका हुनभने आज इलाका प्रशासन कार्यालयमा स्थापनाको तयारी गरिरहेका फाउण्डेसनका त्रिलोक बिक्रम शाहले जानकारी दिए ।





Write your Comment