

बारा, वैशाख १२ गते
विगत केही दिनदेखि बारा जिल्ला सहित देशभरीको नै मौसमा बदली भै हावाहुरी , असिना तथा चट्याङ्ग सहितको पानी परिरहेको छ। उक्त असिना पानीबाट बाराका विभिन्न क्षेत्रको कृषी बाााहरु पनि नष्ट भएको हुनाले सो तथ्याङ्क संकलन गर्न जिल्ला प्रशासन कार्यालय बारा ले जिल्ला को १६ वटै स्थानीय तह मा विवरण संकलन गर्न पत्र काटेको थियो । त्यस सङ्गै स्थानीयतहहरु ले तिव्र रुपमा कार्य अघि बढाए संगै कलैया उपमहानगरपालिका द्वारा पनि हावाहुरी तथा असीना पानीबाट भएको क्षतिको विवरण संकलन गर्नको लागि आज एक सूचना जारी गरी कलैया उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद घिमिरे ले उपमहानगर को २७ वटै वडा कार्यालय लाई जानकारी दिएका छन् ।
उक्त सूचनामा जिल्ला प्रशासन कार्यालय बाराको प. स. २०७६/०७७ मिति २०७६/०१/०८ गतेको चलानी नं. १८९९१ को पत्र अनुसार हावाहीरी तथा असीना पानीबाट क्षति भएको किसानको वालीनालीको क्षतिपूर्तिको विवरण कृषि ज्ञान केन्द्र बारा मार्फत जानकारी गराउनु पर्ने भएकोले सोही प्रयोजनको लागि उपमहानगरपालिका सबै किसानहरुलाई यस उपमहानगरपालिका क्षेत्रमा हावाहुरी तथा असिना पानीले क्षति भएको बालिनालि जस्तै: गँहु , मकै , तरकारी आदिको कृषि उपज को विवरण सम्वन्धित वडाको सिफारिश , सहित आ-आफ्नो विवरण बुझाउनको लागि अनुरोध गरिएको छ।





Write your Comment