

सिमरा । लकडाउनको सदुपयोग गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा अनलाईन कविता बाचनको शुरुवात गरिएको छ ।
लकडाउनका बेला घरैमा बसेर सृजनशील सर्जकहरुको समुहले अनलाईन कविता वाचन थालनी गरेका हुन् ।
सिमरा जेसिसको प्रवन्धमा शुरु गरिएको कविता वाचनमा मंगलबार साँझ ८ देखी १० बजेसम्म वाचन गरिएको थियो ।
सिमराका १७ सर्जक सो समुहमा आबद्ध भइसकेका छन्भने सृजनशिलतामा रुची राख्ने जो कोहीलाई पनी समुहमा आवद्ध गराइने सिमरा जेसिसका महासचिव शालिकराम अधिकारीले जानकारी दिए ।
समुहमा अहिले जीतपुरसिमराका साहित्य स्रस्टा राम अधिकारी, राम प्रसाद पोख्रेल, गोपाल पौडेल, बिदुर खड्का, सिता अधिकारी लगाएत १७ जना छन् ।
हप्तामाा दुई पटक गरिने बाचन अब आगामी शुक्रबार साँझ ८ बजेका लागी तयारी गरिएको छ । सो कविता वाचनको अनलाईन ब्यवस्थापन सिमरा जेसिसका अध्यक्ष धनन्जय लामाले गरिरहेका छन् ।





Write your Comment