१४ दिनकाे क्‍वारेन्टाइन बसाइपछि बारामा ४९ जना घर फर्के

रातोघर

 २०७७ बैशाख १९, शुक्रबार  मा प्रकाशित
३३७ पाठक संख्या


बारा : बाराको तीन वटा स्थानीय तहका ४९ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको छ। उनीहरुको पिसिआर रिपोर्ट नगेटिभ आएपछि घर पठाइएको हो। त्यसरी घर जानेमा बारा विश्रामपुर गाउँपालिकाबाट ३२ जना, निजगढ नगरपालिकाबाट १२ जना र कोल्हवी नगरपालिकाका ५ जना छन्।

विश्रामपुरको क्वारेन्टाइनमा ३१ भारतीय र एक नेपाली रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले बताएका छन्। क्वारेन्टाइनमा रहेका ३२ जनाको पिसिआर मेसिनबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो। उनीहरु १४ दिनदेखि क्वारेन्टाइनमा थिए।

त्यसैगरी बाराको निजगढ नगरपालिका ११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेनटाइनमा राखिएका १२ जनालाई पनि घर पठाइएको हो। उनीहरु इँटाभट्टाका मजदुर हुन्। उनीहरुलाई पनि १४ दिनको बसाइपछि घर पठाइएको स्वास्थ्य शाखा संयोजक रमेश लामाले जानकारी दिए।

त्यस्तै कोल्हवी नगरपालिकाको सपही क्याम्पसको क्वारेनटाइनमा रहेका एकै परिवारका ५ जनालाई १४ राखेर घर पठाइएको हो। भारतमा वैवाहिक कार्यक्रममा गएका ४ जना र उनलाई लिन पुगेका एक जनासहित ५ जनालाई क्वारेनटाइनमा राखिएको थियो।

भारतीयलाई बाटो खर्च दिइयो

विश्रामपुरमा राखिएका ३१ जना भारतीयलाई बाटो खर्च दिएर घर फर्काईएको छ। लकडाउन भएपछि सिन्धुली र सप्तरीबाट पैदल नै विश्रामपुर आइपुगेका उनीहरुलाई बाटोखर्च दिएर पठाइएको गाउँपालिकाले जनाएको छ।

थाहा खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban