सिमरामा खवरदारी अभियानका लागी ‘सोलुसन फोरम’ गठन्

रातोघर

 २०७७ बैशाख २१, आईतबार  मा प्रकाशित
५४१ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहागनरपालिका सिमरामा ‘सोलुसन फोरम’ गठन गरिएको छ । बढ्दो सामाजिक बिकृती, विसंगती र बिकास निर्माणका कार्यमा हुनेगरेको आर्थिक अनियमितता र ढिलासुस्तीको बिरुद्धमा खबरदारी गर्ने उद्येश्य बोकेर फोरम स्थापना गरिएको छ ।

बाराको सिमरामा आइतबार सामाजिक दुरी कायम गर्दै स्थानिय समाजसेवी, बुद्धिजीवी, शिक्षक, सहकारीकर्मी, राजनितिज्ञ लगाएतको भेलाले राजनितिक दल भन्दा माथी रहेर समाजका बिकृती र भ्रष्टाचार बिरुद्ध बिभिन्न खवरदारी अभियान संचालन गरि समाधान सहितको सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले सो फोरमको स्थापना गरिएको बताईएको छ ।

हाललाई भेलाले सिमराका शालिकराम अधिकारीलाई तदर्थ समितीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिईएको छ । यसैगरी अधिकारीसंगै १५ सदस्य कमिटी समेत चयन गरिएको छ ।

यसैबिच भेलाले मंगलबार ३ बजेका लागी पहिलो पुर्ण बैठक बस्ने समेत निर्णय गरेको छ भने लकडाउन अवधिभरका लागी सामाजिक रुपमा कसरी सचेतना र के जिम्मेवारी बहन गर्ने भन्ने बिषयमा रणनितिक योजनाका साथ अघि बढने संयोजक अधिकारीले जानकारी दिए ।

उनले स्थानिय स्तरका जन गुनासा संकलन गर्ने र सो समस्याको बिकल्प सहितको खवरदारी अभियान गर्ने भन्दै स्थानिय तहका हरेक काम कारवाही वा बिकास निर्माणका काममा रचनात्मक खवरदारी गर्ने बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban