किसानका पीडा बुझदै संसद साहले भने, ‘विश्वव्यापी महामारी कोरोना भाइरसको कारणले मानव जगत नै संकटमा परेको अवस्था छ । सरकारले जारी गरेको लकडाउनका कारणले सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफुल र तरकारी खेती गर्दै आएको किसानको लाखौको लागतसमेत डुब्ने खतरामा रहेको छ ।
सिरहा जिल्लाका कमला नदीसँग जोडिएका बिभिन्न नगरपालिकाका किसानहरु कमलाको बगरमा बिभिन्न प्रकारका फलफुल तथा तरकारी खेति गर्दै आएका छन । कर्जन्हा, कल्याणपुर, सिराहा नगरपालिकालगायतका किसानहरु हजारौ बिगहामा लगाएका तरबुज र तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार ब्यबस्थापन नभएर खेतमै कुहिने अबास्था सृजना हुँदा गम्भीर ध्यानाकर्षण भएको छ ।
तारबुजा, काँक्रों, करेला लगायतका काठमाडौ र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष बिक्रि गर्न नसकेको कारण तिन महिना देखिको मेहनत, लगानी खेतमै नष्ट हुने भएको छ । कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय बिघामा भइरहेको तारबुजा र काँक्रोको खेती नष्ट हुने स्थितिमा छ ।
किसानहरुको लगानी डुब्ने तथा श्रणको भारी बोक्नु पर्ने अवस्था छ । तसर्थ, संघीय सरकार, प्रदेश २ सरकार लगायत सम्बन्धित सबै निकाय संग समयमै बजार ब्यबस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन संसद साहले जोडदार माग समेत गरे ।
rajdhani daily








Write your Comment