

कोल्हवी – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा कार्यकार्ताहरु ९कोभिड–१९० नोबेल कोरोना भाईरसलाई नियन्त्रण गर्न निरन्तर लागिपरेका छन् । कुनै पनि हालतमा कोरोना भाईरसबाट बच्नको निमित नेकपा नेता तथा कार्यकार्ताहरुले मन्त्राल्यबाट स्वास्थ्य सामाग्री ल्याएर बाराको विभिन्न स्थानीय सरकारलाई सहयोग गर्दै हिडेका छन् ।
नेकपाका नेता तथा प्रधान मन्त्रीका पूर्व जन सम्पर्क सल्लाहकार अच्युत मैलानीको विशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्राल्यबाट ल्याएको स्वास्थ्य सामाग्री कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीलाई हस्तान्तरण गरेको हो । त्यसैगरी सोही टोलीले बाराको निजगढ नगरपालिकालाई पनि स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्री सहयोग गरका छन् ।
स्वास्थ्य मन्त्रालयले ५ हजार मास्क, ३० लिटर सेनिटाईजर, ३ हजार थान ग्लप्स उपलब्ध गराएकोमा निजगढ, कोल्हवी र जीतपुरसिमरामा १ हजार पाँच सय थान मास्क, १० लिटर सेनिटाईजर, एक हजार थान ग्लप्स उपलब्ध गराएका बारे नेकपा युवा नेता रबिराज दंगालले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयबाट ल्याईएको स्वास्थ्य सामाग्री सोमबार कोल्हवी नगरपालिका तथा निजगढ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० का केन्द्रिय सदस्य तथा प्रधान मन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार मैनालीले कोल्हवी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईन श्री नेपाल राष्ट्रिय नमुना माध्यमीक विधालय सपहीमा पुगेर कोल्हवी नगरपालिकाका नगर प्रमुख भण्डारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । त्यसैगरी निजगढ नगरपालिकाका स्वास्थ्य संयोजक रमेश लामालाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढ ९ मा पुगेर हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कोल्हवी नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष गोपाल अधिकारी , कोल्हवी नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष भेष बहादुर ढकाल , प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ , नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महमद साविर ठकुराई , चिकित्सक सुनिल बोगटी लगाएतको सहभागिता गरेको थियो । भने निजगढ नगरपालिकामा भएको स्वास्थ्य सामाग्री वितरणका बेला नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० निजगढ नगर कमिटीका संयोजक दिलबहादुर लामा, जिल्ला कमिटी सदस्य सन्तोष दंगाल, नेकपाका नेता अम्बिका प्रसाद चौलागाई लगायतका नेकपाका नेता लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि निजगढमा हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल, प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं। ९ का वडा अध्यक्ष सुदर्शनप्रसाद बडाल, केन्द्रका प्रमुख डा। दिपेन्द्र प्रसाद यादब, वडा नंं। ७ का अध्यक्ष रामजीप्रसाद बजगाई, वडा नं। ३ का अध्यक्ष केशव ढोडारीको उपस्थिति रहेको थियो ।
मन्त्राल्यबाट स्वास्थ्य सामाग्री ल्याउनका लागि निजगढका युवा दंगाल, सरोज कोईराला, सरिता सापकोटा, सिता सुवेदी र मनोज भारतीले समेत पहल गरेको थियो ।
चेरवन्त खबर





Write your Comment