

काठमाण्डौ । इण्डियाले नेपाली सीमा मिचेको विरोधमा सबैभन्दा प्रभावकारी रुपमा स्वतस्फूर्त ढंगले स्वतन्त्र नेपाली नागरिकहरुले इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सोझै कुरा सुन्न बाध्य हुने गरी पत्राचार गरेका छन् ।
स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आह्वानमा नेपालस्थित इण्डियन दूतावास मार्फत सोझै नेपालका लागि इण्डियन राजदूतको आधिकारिक इमेल ठेगानामा पठाइएको सो इमेलपत्रमा इण्डियाका प्रधानमन्त्री नरेन्दै मोदीलाई छिमेकी मित्र राष्ट्र हा्ेइन, सँधियार सत्रु राष्ट्रका प्रधानमन्त्री भनेर सम्बोधन गरिएको छ ।
साथै पत्रमा इण्डिया कसरी विश्व समुदायबाट अलग्गिँदै छ, कसरी विश्वभरका हिन्दु, बौद्ध, इस्लाम र क्रिश्चियन लगायत सबै समुदाय उसका विरुद्ध तयार भइरहेका छन् भन्ने पनि भन्ने पनि इण्डियालाई बताइएको छ ।
उक्त इमेल पत्रमा छिमेकीको मूली कमजोर देखेर छिमेकीकी आमाको अस्मिता लुट्ने खोज्ने हिन्दु हुन नसक्ने बरु हिन्दूको नाममा कलंक हो भनिएको छ ।
हिजो मध्यरातदेखि अभियानका ७७ वटै जिल्ला समितिका पदाधिकारीहरु, २२ वटा विभागका विभागीय सदस्यहरु र २० वटा देशका विदेश च्याप्टर समितिकाहरु समेत गरी १३०० जनाले इमेल गरिसकेको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनाएको छ ।
पत्रमा तत्काल नेपालको मिचेको भूमि छोडेर आफ्नो पूरानै सरहदमा फर्किन चेतावनी दिँदै यदि इण्डियाले त्यसो नगरे गोर्खा रेजिमेन्टका सबै सेना इण्डियाकै विरुद्धमा उभिने र सोे को कारण इण्डिया भन्ने देश संसारबाट र ग्लोबको नक्साबाटै हराएर जाने छ भन्ने चेतावनी पनि दिइएको छ ।
उक्त पत्र जस्ताको तस्तै
श्री नरेन्द्र मोदी जी
प्रधानमन्त्री,
सँधियार सत्रुराष्ट्र इण्डिया,
मोदी जी, हामी तिमीलाई अध्यात्मिक मान्छे नै ठानेर झुक्किएका रहेछौँ । तिमी त छिमेकीको घरमूली कमजोर देखेर छिमेकीकी आमा बलात्कार गर्ने दानव रहेछौ । तिमीले नेपाल मात्र होइन सीमाना जोडिएका सबै छिमेकीका आमाविरुद्ध दुर्व्यवहार र हातपात गरेका छौ । तिमी दक्षिण एसियाली क्षेत्रीय आतंकवादीको नेता हौ । अध्यात्म र दर्शनको बुर्का लगाएर आफ्नो दानवीय चरित्र लुकाउँदैछौ । छिमेकीको मातृबलात्कार गर्नेवाला मित्रराष्ट्र हुँदैन, सँधियार सत्रु राष्ट्र हुन्छ । तिमी हिन्दुको नाममा कलंक हौ । तिमीले विश्वमा धेरै हिन्दूत्व र अध्यात्मिक राजनीतिको भाषण गर्दै हिँड्यौ । तर, तिमीले बुझ्नुपर्छ कि विश्वमा अध्यात्मिक राजनीतिको नेतृत्व तिमीले होइन हामीले गर्छौँ । किनकि, छिमेकीकी आमालाई संकटका बेला बलात्कार गर्नेवाला अध्यात्मिक र हिन्दु हुन सक्तैन । र, अध्यात्म र दर्शनको विश्व नेतृत्व गर्न भौगोलिक रुपमा देश ठूलो भइरहनु पर्दैन । तिमी कौरव हौ, हामी पाण्डव हौँ । त्यसैले हामी तिमीलई थोरै हतियारले पनि जित्ने छौँ । अन्यायका विरुद्ध निहत्था भए पनि आक्रमणमा उत्रिन गीता, रामायण, महाभारतले नै हामीलाई सिकाएका छन् । तर, त्यसपूर्व एक पटक क्षमा दिएर हेर्नुपर्छ भनिएको छ । त्यसैले हामी नेपालीमा क्षमाको संस्कार छ । तिमी सुध्रन्छौ भने हामी तिम्रो मुर्खतालाई पुनः एक पटक क्षमा दिन्छौँ । नत्र चाँडै नै अब यो संसारका सबै विद्यालयका विद्यार्थीले आफ्नो टेबलमाथि इण्डियाविहीन ग्लोब राखेर इण्डिया भन्ने देश यतैकतै थियो भनेर खोजिरहेका हुनेछन् ।
पहिला त हाम्रा गोर्खा रेजिमेन्टका नेपालीहरुले तिम्रो हतियार तिमीलाई नै बुझाएर तिमीमाथि खुकुरी दाग्ने छन् । र, बेलायती सेनाबाट मात्र होइन पछिल्लो समयमा अमेरिका लगायत अन्य देशमा सैनिकमा रहेका सारा नेपालीहरु तिमीलाई धुलीसात गर्न आक्रमणमा उत्रिने छन् । हिजो तिमीलाई स्वतन्त्र गराउन अंग्रेजसँग खुकुरी मात्र लिएर तोपका विरुद्ध भिडेका नेपालीहरुसँग आज त आधुनिक हतियार पनि छन् । भौतिक रुपमा इण्डियालाई खत्तम गरिसकेपछि तिमीविरुद्धको घृणा प्रदर्शन गर्दै करोडौं नेपालीहरुले एकै पटक थुकेरै ग्लोबबाट इण्डियाको नक्सा मेटाइदिने छन् ।
के तिमी सुध्रन तयार छौ रु अथवा, कौरवजस्तो यद्धको लागि आत्मविनास निम्त्याउन चाहन्छौ रु निर्णय लिनुपूर्व तिमी यो विचार गर कि संसारका हिन्दू नै तिम्रो विरुद्धमा छन् । संसारका इस्लामहरु तिम्रो विरुद्धमा छन् । संसारका बुद्धमार्गीहरु तिम्रो विरुद्धमा छन् । संसारका क्रिश्चियनहरु तिम्रो विरुद्धमा छन् । सबैभन्दा महत्वपूर्ण त हिन्दूहरु नै तिम्रो विरुद्धमा छन् । त्यसैले तिम्रो कारणले विश्वयुद्धको खतरा छ र अर्को महाभारतमा पनि जीत सत्यको हुनेछ, जीत हाम्रो हुनेछ । बुद्धभूमि, शिवभूमि, सीताभूमि, मनुभूमि, व्यासभूमिको जीत हुनेछ । त्यसैले तिमीले आफ्नो विनास ननिम्त्याऊ । नेपालको मिचेको भूमि छोड । टिष्टादेखि कांगडासम्मको भूमिबाट तुरुन्त आफ्नो पुरानो भूमिमा जाऊ।
आशा छ तिमीले आफ्नो काल निम्त्याउने छैनौँ ।
स्वतन्त्र स्वाधीन नेपाली नागरिकको तर्फबाट
स्वागत नेपाल
संयोजक
स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल





Write your Comment