हुलाकी सडकलाई हराभारा र सुन्दर बनाउन बृक्षारोपन कार्य सुरु

रातोघर

 ११ जेष्ठ २०७७, आईतवार १८:४५  मा प्रकाशित
३५१ पाठक संख्या



बाराको हुलाकी सडक मार्गलाई हराभारा र सुन्दर बनाउन बृक्षारोपन कार्य सुरु भएको छ ।

आज एक कार्यक्रमका बिच डिभिजन बन कार्यालय सिमराका प्रमुख मञ्जुर अहमद र महागढीमाई नगरपालिकाको प्रमुख उपेन्द्र प्रसाद यादबले संयुक्त रुपमा बृक्षारोपण गरी बृक्षारोपण कार्यको सुरुवात गरेका हुन् ।

सहरी बनलाई प्रबद्र्धन गर्न र सडकलाई हराभारा तथा सुन्दर बनाउन बृक्षारोपण गर्न लागिएको बन कार्यालयका प्रमुख अहमदले साझेदारीलाई जानकारी दिनुभयो ।

डिभिजन बन कार्यालय बारा र प्रधानमन्त्री स्वरोजगार कार्र्यक्रमको संयुक्त सहभागितामा हुलाकी सडक मार्गमा बृक्षारोपण गर्न लागिएको महागढीमाई नगरपालिकाका प्रमुख यादवले जानकारी दिनुभयो ।

महागढीमाई नगरपालिकाको बरियारपुर स्थित पसाहा पुल देखि वाजोपतीसम्म ८.५ किलोमिटरमा बृक्षा रोपण हुने डिभिजन बन कार्यालय बाराले जनाएको छ । असाढ महिना सम्ममा ४ हजार २ सय ५० वटा बिरुवा हुलाकी सडकमार्गमा रोपि सक्नुपर्ने लक्ष्य रहेको छ ।
सडक मार्गमा निम,जामुन,अम्ला,गेँडा फुल,गुलमोहर फुल ,बिजेँद्र फुल लगायतका बिरुवाहरु लगाँने काम भईरहेको छ ।

यी बिरुवाहरुको आयु दुई वा दुई बर्षभन्दा बढी रहने गर्दछ । हुलाकी सडक मार्गमा लगाईरहेको बिरुवाहरुलाई डिभिजन बन कार्यालय र महागढीमाई नगरपालिकाकाले हेरालु राखेर संरक्षण गर्ने अहमदले जानकारी दिनुभयो ।

साझेदारी दैनिक

Write your Comment