डुमरवानाका यी दम्पती ! जस्ले गरे लाखभन्दा बढी घरभाडा छुट

रातोघर

 १२ जेष्ठ २०७७, सोमबार १०:०३  मा प्रकाशित

डुमरवाना : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानाका एक व्यवसायीले आफ्नो ब्यापारीक भवनमा व्यवसाय गर्दै आएका व्यवसायीहरुसँग दुई महिनाको सटर भाडा नलिने घोषणा गरेका छन् ।

डुमरवानाका स्थानीय व्यवसायी सुशील भण्डारीले व्यवसायीक प्रयोजनका लागि निर्माण गरेको ‘भण्डारी मार्केट’को सटर भाडामा लिएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका २० जना व्यवसायीलाई दुई महिनाको भाडा छुट दिने घोषणा गरेका हुन् ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट सम्पूर्ण व्यवासाय र आर्थीक कारोवार ठप्प भएका कारण आफ्नो व्यवासायीक भवनका २० वटा सटरबाट प्राप्त हुने एक लाख २० हजार रुपयाँ बराबर भाडा छुट दिने निर्णयमा आफु पुगेको उनले बताए ।

बिश्वब्यापी महामारीको यो प्रभावबाट उत्पन्न समस्या र परिस्थितीलाई मध्येनजर गर्दै डुमरवानाका अन्य व्यवसायी एवं घर धनिले पनि आफुले लिँदै आएको घरभाडामा पुनर्विचार गर्नुपर्ने धारणा उनको छ ।

डुमरवाना बजारमा अधिकांस विशेष आर्थीक क्षेत्र (सेज)को जमिन अतिक्रमण गरी निर्माण गरेका घर तथा व्यवासयीक भवन छन् । सरकारी जमिन अतिक्रमण गरि निर्माण गरेका संरचनाबाट मासिक भाडा उठाउँदै आएका घर धनिहरुका लागि भण्डारीको निर्णय प्रशंसायोग्य रहेको स्थानीयको भनाई छ ।

Write your Comment