

प्रदेश प्रहरी कार्यालय २ जनकपुरधामबाट खटेको सादा पोशाकका प्रहरीटोलीले चेकजाचको क्रममा स्वचालित पेस्तौल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला मोतीहारी लोहारपट्टी नगरपालिका वडा नं ८ का एजाजुल राईन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार एउटा स्वचालित पेस्तौल सहित सोमा लाग्ने म्यागजिन ३ र पाच“ राउण्ड गोली सहित एजाजुल राईनलाई धनुषा जिल्लाको जनकपुर नगरपालिका वडा नं १७ बाट नियन्त्रणमा लिएको २ न. प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका राईनलाई आवश्यक अनुशनधानका लागी प्रदेश प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





Write your Comment